• नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि जनाएका छन् । मंगलवार मदन भण्डारीको जीवनीमा आधारित पुस्तक श्वेत शार्दुलको विमोचन कार्यक्रममा ओलीले सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दापनि विरोध नगरेको प्रति असन्तुष्टि व्यक्त गरे ।

    अध्यक्ष ओलीले वर्तमान सत्तारुढ दलले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् बिस्तारमा ढिलाई भएको टिप्पणी गरे । उनले कार्यकाल सवा वर्ष भएको सरकारले ७०–७२ दिनसम्म मन्त्रीपरिषद् नै पूर्ण बनाउन नसकेको बताए ।

    पूर्व सभामुख दमननाथ ढुंगानाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद अहिले अंशबण्डामा परेको बताए । उनले अहिले कम्युनिस्ट र काँग्रेस दुवै पार्टीमा विचारको संकट भएको टिप्पणी गरे ।।

4565