• खोटाङमा एक हप्ताको अबधिमा ८ जनामा डेंगुका बिरामी भेटिएका छन् ।जिल्लामा हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ दिक्तेलमा पाँच जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका वडा नं ३ लामीडाँडाका एक जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं २ डाँडागाउँका एक जनालाई डेंगु लागेको पूष्टि भएको हो ।

    संक्रमितमध्ये शरीरमा रगत कम भएका एक बिरामीलाई जिल्ला अस्पतालले भदौ ३० गते अन्यत्र रेफर गरेको र डेंगुका दुई जना बिरामी भने हाल जिल्ला अस्पतालमै उपचार भईरहेको अन्य बिरामी भने घरैमा उपचारमा रहेका जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिक बताए ।त्यस्तै गरि साकेला गाउँपालिकामा पनि डेंगुका लक्षणहरु भएका बिरामी भेटिएको अस्पतालले जानकारीदिएको छ ।

4565