• नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि गठबन्धन दलहरु बिलाएर जाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहहरु बिलाएर जाने ठोकुवा गरेका हुन् ।

    अदालतको आदेशबाट अस्वाभाविक ढंगले अस्वाभाविक उद्देश्यका लागि वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफुले भ्रष्टचार अन्त्य गर्न प्रण गरे पनि अहिलेको सरकारले सेटिङमा अरवौको भ्रष्टाचारको खेल सुरु गरेको आरोप लगाए । अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलहरुले असंवैधानिक र अनैतिक काम गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखले पनि तमाशा देखाएको टिप्पणी गरे ।

    अध्यक्ष ओलीले कर्मचारीलाई पनि सरकारले दुख दिन सुरु गरेको तर्क गर्दै कर्मचारी राज्यको स्थायी सरकार भएकोले जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गरे । उनले विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी नै जारी गर्ने गरेको खुलासा समेत गरे ।

    कार्यक्रममा माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका सदस्यहरु निजामति कर्मचारी संगठनमा समाहित भएका थिए ।

4565