• प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विद्यमान मन्त्रीपरिषदमा रहेका ३ सदस्यमा ५ जना नयाँ अनुहार थपेर उनले ८ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।

    आज संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजना र झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको हो ।

    त्यस्तै सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा नियुक्त भएका छन् ।ननियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले प्रदेश एकका प्रदेश प्रमुखको उपस्थितिमा आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

4565