-
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको उक्त प्रस्ताव स्वीकृत गरिएको हो । बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले नारावाजी गर्दै वेल घेराउ गरेका थिए । नारावाजीका बीच सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए । नारावाजीकैबीच बिधेयकमाथि भएको सामान्य छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले एमसीसी नेपालको हितमा नरहेको भन्दै यसलाई पारित गर्न नहुने बताए ।
जवाफमा अर्थमन्त्री शर्माले छलफलका लागि धन्यवाद मात्रै दिए । त्यसलगतै सभामुखले उक्त बिधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।त्यस्तै बैठकले २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शमशेर जवरा र २०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित मान बहादुर महत्तोको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक असोज चार गते बोलाइएको छ । सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउदै प्रतिपक्षि एमालेले लगातार सदनमा अवरोध गर्दै आएको छ ।
News Desk 0 response मङ्लबार, भदौ २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३