• अलका आत्रेय चूडालले १७ वर्षकै उमेरमा तीनवटा विषयमा स्नातकोत्तर गरिसकेकी थिइन्। वनारसको सम्पूर्णानन्द विश्वविद्यालयबाट प्राचीन व्याकरण र तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयबाट सर्वदर्शनमा आचार्य अनि त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर। अलकाका नेपाली भाषामा ‘बाल्यकालसँग लोभिँदै बाल्यकालमा’ ९संस्मरण०, ‘कुहिरोभित्र लुकेको घर’ खण्डकाव्य, अंग्रेजी भाषामा ‘अ फ्रिथिङ्किङ कल्चरल नेसनलिस्ट स् अ लाइफ हिस्ट्री अव राहुल सांकृत्यायन’ ९विद्यावारिधि अनुसन्धानमा आधारित० प्रकाशित छ।

    उनी नेपाली, संस्कृत, हिन्दी, अंग्रेजी र जर्मन भाषामा पोख्त छिन्, यी भाषाबीच उल्था पनि गर्छिन्। उनले अर्चना थापाद्वारा सम्पादित ‘स्वअस्तित्वको खोज’ पुस्तकलाई जर्मन भाषामा उल्था गरेकी छन्। उनका अनुसन्धानमूलक लेख विभिन्न जर्नलमा प्रकशित छन्। हाल भियना विश्वविद्यालय अस्ट्रियामा प्राध्यापनरत–अनुसन्धानरत अलकासँग अन्नपूर्णले गरेको पुस्तक–वार्ता

    कत्तिको फुर्सद हुन्छ?

    फुर्सद निकाल्न सके हुने त हो १ तर केलाई फुर्सद भन्ने रु फुर्सदमा मानिसहरू आफूलाई रमाइलो लाग्ने काम गर्छन्। म प्रायः आफूलाई मन परेको काम गरिरहेकै हुन्छु, त्यसैले फुर्सद नै छ भनौं।

    के गर्नुहुन्छ फुर्सदमा?

    विभिन्न काम, जस्तैः खाना पकाउने, घर सफा गर्ने, लुगा पट्याउने, किताब मिलाउने, कुचो लगाउनेदेखि घुम्ने र साहित्यिक रचना गर्ने, अनुसन्धानका लागि अध्ययन गर्नेसम्म। आवश्यकता हेरीकन।

    पछिल्लो पटक पढेको किताब ?

    आजै पढेको भन्नुहुन्छ भने राजीवलोचन जोशीको ‘पतिव्रता धर्म’ पढेँ। यो सन् १८९५ मा लेखिएको किताब हो।

    मन पर्‍यो ?

    मन पर्‍यो। किनभने यसले तत्कालीन नेपाली समाजबारे धेरै कुरा बताउँछ।

    सिरानीमा किताब ?

    अहिले देवेन्द्र भट्टराईको ‘स्रष्टा र समय’।

    हातमा भएको किताब ?

    दिनेशराज पन्तद्वारा सम्पादित ‘हेमराज शर्माको प्रथम विश्वयुद्धको वर्णन’।

    थाती राखेको किताब ?

    धेरै छन्, एउटा भए पो

    धेरै पल्ट पढेको किताब ?

    अनुसन्धान र अन्य प्रयोजनका लागि त एउटै किताब धेरै पटक पढ्नुपर्छ। त्यस्ता धेरै छन्। तर बाल्यकालमा पढेकाले होलास लेखनाथ पौड्याल, धरणीधर शर्मालगायत तिनका समकालीन कविहरूका छन्दोमय रचना जति पटक पढ्दा पनि रमाइलो लाग्छ। ‘मुनामदन’ पनि रमाइलो लाग्छ। म त्यो पढ्दा रोएकी छु। कालीदासको ‘रघुवंश’ पनि पढेर अघाउँदिनँ।

    पहिलो (बच्चाको) किताब ?

    पहिलो त ठ्याक्क सम्झना छैन, वर्णमाला होला। तर धेरै पुस्तक पढ्ने मौका पाएँ मैले बाल्यकालमा। कति अभिभावकले दिएर, कति आफैं लुकेर। तिनको लेखाजोखा छैन। हामी सानो हुँदा मनोरञ्जनका अरू साधन थिएन। मैले भाँडाकुटी खेलिनँ। हिन्दी कमिक्स, बालकथा, जीवनी, सुनकेस्रा मैयाँको कथा जस्ता नेपाली लोककथाहरू टन्नै पढेँ।

    धेरैपल्ट उपहार दिएको किताब ?

    आफूले लेखेकै किताब दिएँ होला ९रमाइलो०। साहित्येतर र अनुसन्धान इतरका पुस्तकको कुरा गर्दा जोन ग्रेको ‘चिल्ड्रन आर फ्रम हेभेन’ मैले धेरै अभिभावकलाई दिएँ।

    धेरैपल्ट उपहार पाएको किताब ?

    खासै दोहोरिएको त छैन तर हालैको बेस्ट सेलिङवाला किताब ‘आई एम मलाला’ एकै दिन दुईवटा पाएको सम्झना छ।

    पढ्न मन लागेर नपाएको किताब ?

    अहिलेसम्म धुइँपत्ताल खोजेर भए पनि पाएको छु, धेरै छन्। अहिले ठ्याक्क सम्झना भएन।

    कहाँ किन्नुहुन्छ ?

    धेरैजसो नेपाल र भारत आएका बेला किन्छु। नत्र अनलाइन किन्छु।

    कुन समय धेरै किताब पढ्नुभयो ?

    किताब त पढिराखेकै हुन्छु तर कुनै दवाबबिना त बाल्यकालमा नै पढेँ। बनारसमा हुँदा बजारबाट भाडामा कमिक्सहरू ल्याएर एकै दिनमा ८-१० वटा पनि पढेकी छु।

    मन परेको पुस्तकालय ?

    लन्डनको ब्रिटिस लाइब्रेरी।

    पुस्तक समीक्षाहरू पढ्नुहुन्छ रु कस्तो लाग्छ ?

    पढ्छु, रमाइलो लाग्छ, त्यो समीक्षकको दृष्टिकोण भनेर पढ्छु।

    पढिसकेपछि राम्रो लागेको किताब अरूले पनि पढून् भन्ने लाग्छ कि सकेसम्म नभेटून् रु

    अवश्य लाग्छ, र, म सिफारिस गर्छु पनि।

    पुस्तकबारे प्रतिक्रिया लेख्न मन लाग्छ ?

    सार्वजनिक रूपमा खासै लेख्दिनँ। साथीहरूलाई भने लेख्छु।

    पढ्दै गर्दा मन परे–नपरेको कुरा अन्डरलाइन गर्ने–केरमेट गर्ने गर्नुहुन्छ ?

    टेक्स्ट बुक वा फोटोकपी भए गर्छु। अथवा गर्नैपर्ने भए र त्यो आफ्नो पुस्तक भए गर्छु, नत्र गर्दिनँ। समीक्षा वा अनुसन्धानका लागि कुनै टिपोट गर्नुपर्ने भए छुट्टै कागजमा गर्छु।

    प्रायः कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ रु

    किताब रोचक भए जहाँ पनि पढ्न सक्छु तर सामान्यतया गुडेको बस र उडिरहेको जहाजमा पढ्न सक्दिनँ। त्यहाँ पनि पढ्न सकेँ भने त्यो पुस्तकले मलाई साँच्चै लोभ्याएछ भन्ने बुझ्छु।

    यहाँसँग भएको दुर्लभ पुस्तक ?

    त्यस्तो अप्राप्य त छैन होला। तर अध्ययनका क्रममा पुस्तकालयबाट सारेर वा फोटोकपी गरेर ल्याएका धेरै पुराना प्रकाशन मसँग छन्।

    राष्ट्रपति, प्रधानमन्त्री (तत्कालिन प्रम केपी ओली), पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?

    गाह्रो प्रश्न १ म सक्दिनँ होला किनभने पुस्तक भनेको रुचिले पढ्ने हो। पहिलो उहाँहरूलाई पढ्ने रुचि छ कि छैन रु दोस्रो कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ रु यो म जान्दिनँ। त्यसकारण यो दुस्साहस नगरूँ होला

    किनेको सबैभन्दा महँगो पुस्तक ?

    यो कुरा पनि गाह्रो छ। सामान्यतया म बसेको ठाउँमा पुस्तक महँगा छन्। एसियाबाट मगाउँदा झनै महँगा हुन्छन्। मेरो काम पुराना पुस्तकसँग हुने भएकाले फोटोकपी गर्दा पनि पुस्तक महँगा पर्न जान्छन्। एक पेजको १५० देखि १०-२० रुपियाँ प्रतिपेज तिरेर पनि पुस्तक संकलन गरेँ एकताका। हिजोआज डिजिटल कपी पाउने हुँदा सजिलो छ। एक पटक एउटा पुरानो हिन्दी पत्रिका ‘हंस’को सन् १९३२ को आत्मकथा अंकको पुनः प्रकाशित एक प्रति बनारसबाट मगाउँदा लगभग तीन सय युरो तिरेकी छु।

    बढ्ता होहल्ला भएको औसत पुस्तक ?

    त्यस्तो मूल्यांकन गर्ने हैसियत मेरो छैन।

    कम होहल्ला भएको गज्जबको पुस्तक ?

    नेपाली नारीका आख्यानमा पछिल्लो पटक अर्चना थापाको ‘कठपुतला’ले मन छोएको थियो। हरेक कथा पढेर एकछिन सुस्ताउनु परेको थियो।

    रोजाइमा कुन विधा ?

    राम्रा कविता, कथा, आत्मकथा, निबन्ध अनि मात्र उपन्यास। सबै विधा मन पर्छन्।

    तपाईंले पढ्ने जर्नल र अनुसन्धानात्मक लेखन ?

    दक्षिण एसियाको समाजशास्त्रीय, ऐतिहासिक र साहित्यिक जर्नलहरू पढ्छु। अनलाइन भेटिने नेपाली पत्रिका पनि पढ्छु।

    नेपालमा अनुसन्धानात्मक लेखन–पठन कस्तो पाउनुभएको छ ?

    पहिलेभन्दा अहिले पाठक, पठनप्रति लगाव र पुस्तक चर्चा बढेको जस्तो लागेको छ।

    के कहिल्यै कुनै किताब चोर्नुभएको छ ?

    छैन। बरु पुस्तकालयको किताब हराएको पनि किनेर वा कपी गरेर बुझाएको छु। अघिल्लो हप्ता मात्र पुस्तकालयमा कसैले मेरो नाममा लगेर नबुझाको किताब बेरुजू हुँदा आमाजोनमा सय रुपैयाँमा पाइने भए पनि नेपालमा अमाजोनको सुविधा नहुनाले प्रिन्ट गरेर दिएँ, सयको किताबलाई दुई हजार पर्‍यो। बुवाको संकलनबाट भने एउटा किताब घटराज भट्टराईको ‘प्रतिभै प्रतिभा र नेपाली साहित्य’ नसोधी लगेकी छु। त्यसलाई चोरेको भन्न मिल्छ कि मिल्दैन, तपाईं नै भन्नुस् १त्यो किताब पढेपिच्छे मलाई एक प्रकारको ग्लानि हुन्छ। मलाई पुस्तक होस् या अन्य केही, चोर्नु भनेको आफूमा विश्वास नहुनु हो जस्तो लाग्छ। त्यसैले चोर्दिनँ।

    पढिसकेका किताब राख्न ठाउँ नपुगे दिनुहुन्छ कि बेच्नुहुन्छ ?

    ठाउँ त प्रशस्त छ। बरु म आफूलाई काम नलाग्ने र आफूलाई रुचि नभएका किताब अरूलाई दिन्छु। किनभने किताब राखेर मात्र हुन्न, तिनको स्याहार पनि गर्नुपर्छ। मैले दिने त्यस्ता किताब नेपाली भाषाका हुन्नन्। नेपालीमा लेखेका जस्ता किताबको पनि माया लाग्छ, राख्छु। किताब त मैले कहिल्यै बेचेकी छैन।

    किताबमा गाता हाल्नुहुन्छ कि ?

    हाल्छु। खासगरी अरूको वा पुस्तकालयको पुस्तक बिग्रेला भनेर पढिन्जेलका लागि अझै गाता हालेर पढ्छु। पत्रिका वा ठूलो खामको गाला हाल्छु। राख्ने किताबमा चैँ हाल्दिनँ। पढिसकेपछि गाता निकाल्छु। मलाई किताब फोहोर गरेको, किताबलाई अपमान गरेको मन पर्दैन। नयाँ किताबको वास्ना नै पनि मन पर्छ। पुस्तकहरूले भरिएको कोठामा मलाई आनन्द आउँछ।

    मनमनै पढ्नुहुन्छ कि सस्वर वाचेर ?

    छन्द कविता मात्र सस्वर नत्र मनमनै। काहिलेकाहीँ जटिल समस्याको समाधान भेटेको समयमा लेख्दै बर्बराउँछु जस्तो लाग्छ। तर यस्तो विरलै हुन्छ।

    मन परेका पुस्तक ?

    धेरै छन्। भन्न गाह्रो

    कुन लेखक भेट्न चाहनुहुन्छ ?

    कल्पनामा भन्नुहुन्छ भने हेमराज शर्मा, राहुल सांकृत्यायन, प्रथम विश्वयुद्धताका नेपाली लोकगीत रच्ने गोर्खाली सैनिकहरू, धेरै पटक भेटेको भए पनि कमल दीक्षितलाई फेरि भेट्न चाहन्छु। यथार्थमा मलाई सबै लेखक विशेष र आदरणीय लाग्छन्। लेखन भनेको साधना हो, साधकलाई भेट्दा ऊर्जा मिल्छ।

    पुस्तकमा लेखकको अटोग्राफ लिनुभएको छ ?

    म अलि अन्तर्मुखी भएकाले यो अवसरको सदुपयोग गरेकी छैन। लेखकले आफैं लेखेर दिएका पुस्तकहरूमा भने छन्।

    लेख्न चाहेकोरलेखिरहेको किताब ?

    हाल चारवटा किताब लेख्न चाहेकी छु, हेरूँ सफल हुन्छु कि हुन्न। एउटा नेपाली नारीहरूका लागि प्रेरक पुस्तक थालेको पनि सक्न पाएको छैन। भर्खरै एउटा प्रेसमा दिएँ। अरू तीन अनुसन्धानात्मक कृति थालेकी छु। नेपाली साहित्यको इतिहाससँग सम्बन्धित, तिनलाई धेरै खट्नुपर्छ। अरूचाहिँ सरप्राइज।

    पुस्तकसित जोडिएको कुनै एउटा रोचक सन्दर्भ रु

    मैले गोप्य रूपमा आफ्नो बाल्यकालको संस्मरण लेखेर बुवालाई पुस्तक विमोचन कार्यक्रममा थाहा नै नदिई आमन्त्रण गरी समर्पण गरेको भावुक समय। जीवनमा मैले पहिलो पटक खुसीका आँसु रोएको दिन थियो। किताबले खुसीको आँसु रुवाएको, खुसीको अश्रुमिश्रित पराकाष्ठा अनुभव गरेको त्यो दिन म कहिल्यै बिर्सन्नँ।

4565