• नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता देखिएको भन्दै संसद् अवरोध नरोकिने बताएका छन । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले पार्टीले कारवाही सिफारिस गरेका सांसदलाई कारवाही नगरेर सभामुखले एमाले बिभाजनमा भूमिका खेलेको भन्दै संसद् अवरोध नरोकिने स्पष्ट पारेका हुन । सभामुखबाट पदको दुरुपयोग भएको उनको आरोप छ ।

    ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न सांसदहरुलाई निर्देशन समेत दिए । सभामुखलाई माइकले हान्ने योजना नरहेको ओलीले स्पष्ट पारे ।भ्रष्टाचारलाई प्रश्रय दिन मापदण्डबिपरित रकम बाड्ने योजना सरकारले ल्याएको उनको आरोप थियो ।

4565