-
सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेको नारावाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरेकाहुन ।
कुल बिजियोजित मध्ये संघले खर्च गर्ने चाुल तर्फ ४१ दशमलव ५२ प्रतिशत, पुजीतर्फ २३ दशमलव १६ प्रतिशत , बित्तिय व्यवस्था तर्फ ११ दशमलव ६० प्रतिशत र संघ तथा स्थानीय तहमा बित्तिय हस्तान्तरण तर्फ २३ दशमलव ७२ प्रतिशत रहने अर्थमन्त्री शर्माले बताए ।
अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु १० खर्व ५० अर्व ८२ करोड र बैदेशिक अनुदानबाट रु ५९ अर्व ९२ करोड रहेको छ । अर्थमन्त्री पौडेलले पुरक बजेटको कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बताए ।
त्यस्तै मुद्रास्फीति दर ६ दशमलव ५ प्रतिशतमा सिमित हुने अनुमान गरिएको छ । त्यस्तै बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गर्दै बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री शर्माले बताए ।
मन्त्री शर्माले सरकारले कोभिड १९ विरुद्धको खोप सबै नेपालीलाई लगाउने व्यवस्था गर्ने गरी बजेटको सुनिश्चितता गरेको बताए । उनले कर्णालीका गरिबहरुका लागि तीन महिनाभित्र योजना तयार गरी प्रस्तुत गर्ने र समाजमा विद्यमान विभिन्न प्रकारका विभेदलाई कम गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताए ।
अर्थमन्त्री शर्माले विपन्न नागरिकलाई काठमाडौंका १० स्थानबाट खाना खुवाउने घोषणा पनी गरे भने राजनीतिक आन्दोलनमा बलिदान गर्नेलाई मासिक तीन हजारका दरले भत्ता दिने पनि बताए । उनले बिकास र तीव्रतर आर्थिक बिकासलाई प्राथमिकतामा राखेको बताए । उनले कर सुधारका लागि आयोग गठन गर्ने, व्यापार घाटा न्युनिकरण गर्न तीन महिनाभित्र योजना तय गर्ने जानकारी दिए ।
अर्थमन्त्री शर्माले विनाधितोको व्याज अनुदानको समहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्दै युवाहरूलाई सिप तथा उद्यमशीलता तालिममा प्राथमिकता दिएर वाणिज्य बैंकका शाखालाई प्रत्येक पालिकामा कम्तिमा ५ सय बेरोजगार युवालाई सहुलियत कर्जा दिएर स्वारोजगार बनाउने जानकारी दिए ।
मन्त्री शर्माले विद्यमान गरिबी न्युनिकरण गर्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, समावेशी र समाजवाद उन्मुख गणतन्त्र स्थापना गर्नेलगायत उद्देश्यले बजेटमा संशोधन गर्नुपरेको जानकारी दिए । यसअघि तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेका थिए ।
News Desk 0 response शुक्रबार, भदौ २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३