• नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने घोषणा गरेका छन् । मंगलबार योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहाल नेपालले एमसीसीका बारेमा अमेरिकालाई कुटनीतिक नोट पठाएको र अमेरिकाले सकारात्मक जवाफ नदिए पास नहुने बताए । सरकारले हालै एमसीसीबारे उठेका विभिन्न ११ प्रश्न समावेश गरेर एमसीसीलाई पत्र पठाएको थियो । त्यसको स्पष्ट जवाफ आएपछि एमसीसी अगाडि बढाउने अध्यक्ष दाहालले बताए ।

    यसैबीच बैठकले वाईसीएलको संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ । त्यस्तै सह–संयोजक सुबोधराज शेर्पाली बनेका छन् । संयोजकमा चयन भएपछि संयोजक देवकोटाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलव्धीलाइ रक्षा गर्न सशक्त भूमिका खेल्ने बताए ।

    वाईसीएलको केही दिनअघि सम्पन्न भेलाले नेतृत्व चयन गर्न नसकेपछि केन्द्रीय कमिटी मात्र घोषणा भएको थियो । आज पार्टी अध्यक्ष दाहाल सहभागी बैठकबाट देवकोटा संयोजक र सुबोधराज शेर्पाली सहसंयोजक चयन भएका हुन् ।

4565