• बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सबै चिकित्सक आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ । विभिन माग राखी चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि बिरामीहरू उपचार नपाएर प्रतिष्ठानमा अलपत्र परेका छन् । आन्दोलनका कारण, मेडिसन, सर्जरी, हाडजोर्नी, प्रसुति, नाक कान घाँटी, मानसिक रोगका सयौं बिरामीहरू उपचार नपाएर फर्केका छन । आन्दोलनका कारण प्रतिष्ठानको रेडियोलोजी विभागको सेवा पनि ठप्प छ ।

    सरकारले प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरूको जायज मागलाई पूरा गर्न अटेर गरेका कारण बाध्य भएर काम बहिष्कार गर्नुपरेको चिकित्सकहरुले बताएका छन । प्रतिष्ठानका पदाधिकारीहरू उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करोडौं आर्थिक अनियमितता गरेको भन्दै पदाधिकारी बर्खास्त र प्रतिष्ठान सुधार गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरूले आन्दोलन गरिरहेका छन् ।

    तीन महिनादेखि आन्दोलन जारी राख्दा समेत सरकारले प्रतिष्ठान सुधारमा चासो नदेखाएको भन्दै उनीहरुले आकस्मिक बाहेकका उपचार सेवा अबरुद्ध गरेका हुन् । सरकारले नै बीपी प्रतिष्ठानको भ्रष्टाचारमा सग्लन पदाधिकारीहरूलाई संरक्षण गरेको आरोप आन्दोलनरत चिकित्सकले लगाएका छन् ।

4565