-
भदौ १३ गते राती वर्षा संगै आएको बाढी र पहिरोमा परी दार्चुलाको दुहुँ गाउँपालिकाका ५ जनाले ज्यान गुमाएका छन्, भने २ सय ६५ घर प्रभावित भएका छन् । गाउपालिकाका वडा नं १,२ र ५ का अधिकांश घरहरु भत्किएका छन । जमिन भासिएको छ ।
वर्षौ देखी वसोवास गर्दै आइरहेको थातथलो एक पटकै बाढीले बगरमा परिणत गरिदिदा विस्थापितहरुका आशु थामिएका छैनन । गाउपालिकाको सिमार , बथ्थोली, नरोली, लसे, गुना, अफरे, सुत्खोला लगायतका बस्तीहरु बाढी र पहिरोले तहस नहस भएका छन्, भने बाढी पहिरो प्रभावितहरु त्रिपाल मुनि रात बिताइरहेका छन् ।

बाढी र पहिरो लगत्तै उक्त क्षेत्रका केहि परिवार सुरक्षित स्थान हिकिलाको गौरिलमाण्डौ माविमा सरेका छन्, भने केहि परिवार जोखिम मोलेरै प्रभावित क्षेत्रमै त्रिपाल टाँगेर बसीरहेका छन् । जोखिम मोलेरै बाढी पहिरो प्रभावित क्षेत्रमा बसीरहेका परिवारहरुको सरकारले यथाशिघ्र व्यवस्थापन नगर्ने हो भने जुनसुकै बेला ठुलो घट्ना घट्न सक्ने सम्भावना रहेको छ । पहिरोले बस्तीहरुमा ठुल–ठुला दरार परेर जमिन फाटेको छ ।पिडितका आँखा जतिबेला पनि रसाएका देख्न सकिन्छ उनिहरुका आँखामा आशु मात्रै होइन गहिरो दुखः र पिडा प्रस्ट झल्किन्छ । उनिहरुको सरकार संगै एउटै माग छ, ओत लाग्ने ठाउँको । बाढी र पहिरोले आँखै अगाडी वर्षौ वर्ष भोक भोकै जेनतेन कमाईको पैसाले बनाएको घर खेत, अन्न बाली तहस नहस बनाएको पिडित बताउछन् ।
बाढी र पहिरो प्रभावित क्षेत्रमा जाने जो सुकैलाई पनि अहिले पिडितहरु राहत , पुर्नस्थापनाको लागी माग गरिरहेका छन । बाढी र पहिरोले क्षतविक्षत बनाइदिएको घर जग्गा देखाउछन् अनि पिडा पोख्छन् । बाढी र पहिरोले एक गाउँबाट अर्को गाउँ सम्म जाने बाटोघाटो सबै बगाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले काठेपुलहरु हालेपछि आवत जावतमा सहजता भएको छ ।

प्रभावित परिवारहरु अहिले दिन प्रतिदिन बस्ती छोडी रहेका छन् । उनिहरु सुरक्षित स्थानको खोजी गर्दै मालसमान बोकेर अन्तै जान लागेका छन् । यता पालिकाले प्रभावित परिवारको जनजिवन सामान्य बनाउन सुरक्षित स्थानमा अस्थायी व्यवस्थापन गर्ने, बाटोघाटो निर्माण गर्ने, पिडित परिवारलाई राहात उपलब्ध गराउने काम गरिरहेको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताऐ ।
बाढी तथा पहिरोले प्रभावित क्षेत्रका महिला तथा वालवालिका बढी प्रभावित भएका छन । उनीहरुका लागी गाउपालिकाले विशेष कार्यक्रम ल्याउने उपाध्यक्ष इश्वरी जोशीले जानकारी दिए ।
गाउपालिकाको प्रभावित क्षेत्रको जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की , प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी , नेपाल रेडक्रस सोसाइटी लगायतको जनप्रतिनिधी र सरकारी अधिकारीको संयुक्त टोलीले अनुगमन समेत गरेको छ ।
गाउपालिकामा खाद्यान्न अभाव हुन नदिन हेलिकोप्टर मार्फत राहत लगायत खाद्यान्न सामग्री ढुवानी गरिने योजना रहेको छ । वाढी तथा पहिरोले दुहुँ गाउपालिकाका २ सय ६५ घरधुरी प्रभावित भएका छन भने ७ वटा झोलुंगे पुल । १ आरसिसि पुल , १ मोटर पुल , ५ वटा लघु जलविद्युत र ४ वटा विद्यालय भवन बगाएको छ ।
News Desk 0 response आइतवार, भदौ २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३





