• निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौं ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौरदेखि कुस्माबजारसम्म दर्जनौं ठाउँमा ठूलठूला पहिरो गएका कारण यातयात पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    पर्वतको कुस्मा नगरपालिका–८ दोबिल्ला र चुवामा गएका पहिरो हटाउन हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले बताए ।

    ‘दर्जनौ ठाउँमा गएका पहिरो हटाउन दुईतर्फी रुपमा डोजर प्रयोग गर्दा पनि हप्ता दिन लाग्न सक्छ। उनले भने, ‘पहिरो पन्छाउने प्रयास शनिबार बिहानैदेखि शुरु भएको छ ।’

4565