• नेकपा एमालेका उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको मौका छोपी एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुसँगको छलफलमा उपाध्यक्ष रावलले अस्थिर राजनीति भएको बेलामा अघि सारिएको एमसीसीलाई अस्थिरता भएको बेलामै संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् । एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागिएको भन्दै उनले एमसीसीको विरुद्धमा आवाज उठाउन नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।

    सरकार गठनको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नु अयोग्यता र भागबन्डा राजनीतिको विकृति रुप भएको बताए ।

4565