• प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी पार्टी संगठनलाई थप सशक्त बनाइने बताएका छन् । शुक्रबार भक्तपुरबाट पार्टीको वडा अधिवेशनको सुरुवात गर्दै प्रधानमन्त्री देउवाले महाधिवेशनको सफलताका लागि एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले आगामी दिनमा कांग्रेस बलियो र सशक्त हुने विश्वास समेत व्यक्त गरे ।

    प्रधानमन्त्री देउवाले आगामी चुनावमा आफूलाई नभएर भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई चुनौती समेत दिए । केही दिनअघि भक्तपुरमा एमाले नेता महेश बस्नेतले शेरबहादुर देउवा चुनावमा लड्न आए आफुले सहजै जित्ने बताएका थिए ।

4565