-
अविरल वर्षापछि पर्वतका विभिन्न ठाउँमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका पाँच सदस्य सहित ११ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–३, दुर्लुङमा स्थानीय माधव पौडेलको घर पहिरोले पुरिँदा उनकी ७५ वर्षिया आमा कौशिल्या पौडेल, ३५ वर्षिया श्रीमति भगवती पौडेल, छोरीहरु १६ वर्षकी विमला, ११ वर्षकी विनिता र छोरा ९ वर्षका बिनोदको ज्यान गएको हो । घरमुली माधव भने बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् । त्यस्तै कुश्मा–११ पकुवामा पनि पहिरोले घर पुरिँदा अन्य तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया डल्ली पौडेल, उनकी ४० वर्षीया बुहारी मायाकुमारी र तीन वर्षीय नाति प्रयुशु पौडेल रहेका छन् । त्यस्तै कुश्मा ११ सिल्मेमा पनि पहिरोले घर पुरिँदा ३८ वर्षिया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेलको ज्यान गएको छ । मोदी गाउँपालिका–७ राम्जाकी दुर्गा आफन्तकहाँ पाहुना आएकी थिइन । त्यस्तै मोदी गाउँपालिका–५ अम्मोटकी ५ वर्षिया फुलमाया थापाको पनि पहिरोमा परेर मृत्यु भएको छ ।
News Desk 0 response शुक्रबार, भदौ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३