• एमसीसी सम्झौता खारेजीको माग गर्दै महाराजगञ्जस्थित अमेरिकी राजदूतावासअगाडि युवाले प्रदर्शन गरेका छन् । एमसीसी खारेज राष्ट्रिय अभियानले शुक्रबार दूतावास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शन गर्ने युवा जनसेवक नेपालको केन्द्रीय अध्यक्ष जनक ढुंगाना, उपाध्यक्ष कुलदीप शर्मा, एमसीसी खारेजी अभियानका अध्यक्ष निर्ग जैसीलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

    सम्झौता पारित गर्न बर्तमान सरकारले षड्यन्त्र गरेको उनीहरको आरोप छ । आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्य तालिका छ  ।

4565