-
महाकाली नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल ‘एसएसबी’का जवानले तुइनको लठ्ठा खुस्काइदिएपछि नेपालीको मृत्यु भएको विषयमा गृहले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । लठ्ठा खुस्काउदा नेपाली युवा जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धान र पीडितलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग कूटनीतिक पहलका लागि गृहले पत्र पठाएको हो ।
कूटनीतिक पहलका लागि गरिने विषयबारे आन्तरिक समीक्षा, परामर्शपछि गृहले परराष्ट्रलाई पत्राचार गरेको हो । सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठिन छानबिन समितिले एसएसबीका जवानले तुइनको लठ्ठा खुस्काएका कारण भएको भन्दै अपराधमा संलग्नलाई भारतबाटै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन र धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ती दिलाउन कूटनीतिक पहलअघि बढाउन सुझाव दिएको थियो ।
गत साउन १५ गते भारतको पाङला गाउँ नजिकै गस्कु इलाकामा खटिएका एसएसबीका जवानले लठ्ठा खुस्काउँदा दार्चुला ब्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।
News Desk 0 response बिहिबार, भदौ १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





