-
दुईतिहाइ भन्दा बढि नेपालीमा कोरोना प्रतिरोधी क्षमता विकसित भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सर्वेक्षणमा नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोरोना विरुद्धको प्रतिरोध क्षमता देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेर समुहका १३ हजार १ सय ६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८ दशमलब ६ प्रतिशतमा कोरोना प्रतिरोधी क्षमता देखिएको हो । यस्तै कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपालमा लगाइरहेका खोप पनि प्रभावकारी भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ शहर तथा सबै लिंग, उमेर, पेशा सबै समुहमा समान रोग प्रतिरोधी क्षमता देखिएको उल्लेख छ ।
३ करोड जनसंख्यालाई नै प्रतिनिधित्व गर्ने गरी नमुना संकलन गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताए । उनका अनुसार २ सय ५० घर भएको ठाउँमा १० घरको नमुना लिइएको थियो । छनोट भएका घरमा चिठ्ठा प्रणालीअनुसार जो पर्छ, उसकै नमुना लिँदा कोभिड भएका–नभएका, खोप लगाएका–नलगाएका सबै पर्छन् । विज्ञप्तीमा अझै पनि कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायम रहेकाले संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी उपाय भएकाले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिएमा आफ्नो स्थानीय तहसँग सम्र्पक गरी निःशुल्क कोरोना परीक्षण गराउन समेत आग्रह गरेको छ ।
News Desk 0 response आइतवार, भदौ १३, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३