• निरन्तरको बर्षाका कारण बाँकेको नेपालगञ्ज आसपासको क्षेत्र पनि जलमग्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क क्षेत्र डुवानमा परेका हुन । त्यस्तै भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका ठाउँमा पानी जमेर जलमग्न भएका छन ।

    ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षा हुँदा पनि डुवानको समस्या आउने गरेको छ । राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको छ । पानीको सतह बढेसँगै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुवानको जोखिममा परेका छन । भारतले बनाएको लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडकका कारण बाँकेका गाउँ बर्षातमा डुवानमा पर्ने गर्दछन् ।

4565