• हिजो बेलुकाबाट लगातार परेको बर्षाले लुम्बिनी प्रदेशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । बुटवल–देवदह सडकखण्डको घोडाहा स्थित पक्की पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन् ।

    प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ । उता अर्घाखाँचीको शितगंगा नगरपालिका बा¥ह बसेरी स्थित गोरुसिंगे–सन्धीखर्क सडक खण्ड पनि अबरुद्ध भएको छ । वर्षासंगैको पहिरोले पाल्पा रम्भा गाउँपालिका तीन सितापहाडस्थित सिद्धार्थ राजमार्ग सडकखण्ड पनि अबरुद्ध भएको छ ।

4565