• सुदूरपश्चिममा अविरल वर्षाका कारण दोँदा लगायतका अधिकांश नदीहरूमा आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्र समेत डुबानमा परेको छ । दोँदा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरको लालझाडी र पुनर्वासका २ सय भन्दा बढी घर डुबानमा परेका छन् ।

    बाढीका कारण डोकेबजार–बेलौरी हुलाकी राजमार्गको कालोपत्रे सडकमा पनि क्षति पुगेको छ । लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । डुबानबाट भण्डारण गरी राखिएको अन्नबाली, खेतीपाती र पशु चौपाया पानीले बगाएको स्थानीयहरूले बताएका छन् । डुबानमा परेका केही मानिसलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।

4565