• कैलालीमा बाढीले बगाउँदा एक जना वृद्धाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्दार गरिएको छ । लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो । त्यस्तै गौरीगंगा नगरपालिका–तीन कुचैनी राजाराम सापकोटा र आरती सापकोटालाई शिवगंगा नदी र झिलखोलाको बीच भागवाट उद्धार गरिएको छ ।

    लम्कीचुहा नगरपालिका तीन बल्चौरका घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन । पहिरोमा परेर घरधनी ७५ बर्षिय गोपाल चौधरी र ७२ बर्षिया गौरी चौधरी घाइते भएका हुन । पहाडी भेगमा निरन्तर वर्षा भइरहेको र यहाँको मोहना र खुटिया नदिको जलस्तर बढेको छ । प्रशासनले नदी किनारका मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेको छ ।

4565