-
महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुडाउँदा नदीमा बगेका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । भारतको बाटो भएर सदरमुकाम खलंगा आउने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए ।
बेपत्ता भइरहेका धामीको खोजी जारी रहेको जनाइएको छ । उक्त घटनाको छानबिनका लागि सरकारले साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिले अझै प्रतिवेदन बुझाइसकेको छैन । यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व न्यायाधीश जागेश्वर सुवेदीलाई नियक्त गर्ने निर्णय गरेको छ । यसैगरी, राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले कोरोना विरुद्धको सारकोभ–२ एमआरएनए तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ ।
News Desk 0 response बिहिबार, भदौ १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३