• प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परिक्षार्थीहरुलाई तुरुन्त खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीवार बसेको बैठकले कक्षा १२ को परिक्षार्थीका लागि कोरोना विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परिक्षाको लागि वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले खोपको व्यवस्था गरेर परिक्षाको लागि वातावरण बनाउन निर्देशन दिएको बताइन् ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेको भन्दै सोही खोप कक्षा १२ का परिक्षार्थिहरुलाई उपलब्ध गराउन शुरु गरिसकेको बताए ।स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप खरिदको प्रक्रिया अगाडी बढाएको बताए ।

    उनले मोर्डना खोपको पैसा तिरीसकेको र सो खोप ९ वर्षदेखि १८ वर्षका बालबालिकालाई लगाउने व्यवस्था गरिने बताए । साना बच्चाले लगाउने फाइजर १ लाख ६० लाख खोप ल्याउने तयारी भइरहेको पनि उनले बताए ।

4565