• नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार ७ सय २ पिसिआर परिक्षणका क्रममा २ हजार ५२ र ४ हजार ६ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो संगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख ३६ हजार ८ सय ८३ पुगेको छ । त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ६ सय ३८ जनाले ज्यान गुमाएका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म कूल संक्रमितमध्ये ७ लाख ५ हजार ८ सय ९३ संक्रमित निको भएका छन् । हाल नेपालमा ३८ हजार ३ सय ८४ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ६६ जना क्वारेन्टिनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३८ लाख ६८ हजार ७ सय १७ वटा नमुना पीसीआर र ४ लाख ५० हजार ३ सय २९ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

4565