• पर्साको वीरगञ्जमा निर्माणाधीन सर्वोत्तम स्टिल उद्योगमा विष्फोट हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी बयोदा अस्पताल र भारतको पटनामा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई उपचारका लागि भारत पठाइएको हो । फलाम पग्लिरहेको भट्टीमा विस्फोट भएपछि त्यसले श्रमिकहरूलाई लागेको हो । उनीहरूको शरीरको विभिन्न भाग जलेको छ ।

    गम्भिर घाइते हुनेमा भारत बिहार घर भएका विनोद पाण्डे, युपी लखनउका सन्तोष कुशवाहा, सुशील कुमार, पुकार यादव, बारा छातापिपराका टिंकु दास छन् । यसै गरी खुशीनगरका धिरु सहनी, ठेगाना नखुलेका चिंकु दास, भारत युपी लखनउका अमरनाथ सहनी, भारत बिहारका दिपक कुमार र भारत दरभंगाका रविंकु दासको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

4565