-
सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने विकृति विसंगतिबारे तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन केही समयअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हस्तान्तरण गरिएको थियो ।
बुधबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने र सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो । उक्त प्रतिवेदनमा न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार एवम् बिचौलियाको रोकथामको विषयलाई उठाइएको छ ।
प्रतिवेदनमा न्यायपालिकामा हुने न्यायाधीशको नियुक्ति, न्यायाधीशहरूको सरूवा तथा काज, न्यायाधीशहरू उपरको कारबाहीमा रहेको असमानता, भ्रष्टाचार एवम् बिचौलियाको प्रभाव, न्यायिक कामकारबाहीमा हुने ढिलाइ, न्यायिक प्रक्रियामा हुने अनियमितताबारे उल्लेख गरिएको छ । विचौलियाबाट प्रभावित हुने न्यायाधीशको पहिचान गरि कारबाहीको दायरामा ल्याउन अनुसन्धान विज्ञसहितको टोली गठन गर्नुपर्ने, न्याय सेवा तथा सरकारी वकिल सम्बन्धी छुट्टै कानुन ल्याउन पर्ने, न्यायाधीश नियुक्ति गर्दा रोष्टर बनाएर उत्कृष्ट मध्ये सर्वोत्कृष्टलाई गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।
News Desk 0 response बुधबार, भदौ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





