• सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ कालीका छाप भन्ने स्थानमा यात्रुबाहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३९ जना घाइते भएका छन् । मृत्यु हुनेमा ललितपुर जिल्ला ठुलोदुर्लुङका अन्दाजी ४५ वर्षीय राजम बराम रहेका छन् ।

    अर्का एक जना अन्दाजी २२ वर्षीय पुरुषको सनाखत हुन बाँकी रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिएका छन् । सुनकोशी गाउँपालिकाको ठोकर्पाबाट बुधबार बिहान काठमाण्डौका लागि छुटेको कोशीपारी यातायातको बा ३ ख आठ शुन्य तीन शुन्य नम्बरको बस घुम्ती सडकबाट झण्डै ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

    चिप्लो बाटोबाट आएका कारण ब्रेकमा समस्या आई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बसले च्यापिएका दुइ जनाको उद्दार गरि धुलिखेल अस्पताल पु¥याइएपछि मृत्यु भएको बस्नेतले जानकारी दिए । घाइतेहरुको खाडीचौरस्थित सिन्धु सदावहार अस्पताल र धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

4565