• जनैपूर्णिमाको अघिल्लो दिन काठमाडौंको असन बजारमा व्यापारीहरु टोलाएर बसेका थिए । उनीहरु जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएपछि टोलाएर बस्न बाध्य भएका हुन् । असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए ।

    असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको बताए । उनले कोहीकोही बुढाबुढीले जनै किन्ने गरेको तर धेरै युवाहरुले जनै लगाउन नै छाडिसकेको अनुभव सुनाए ।

    जनै पूर्णिमालाई हिन्दुहरुको विशेष पर्व मानिन्छ । तर कोरोनालगायतका प्रभावका कारण जनै र क्वाटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरुको बुझाई छ ।

4565