-
निषेधाज्ञापछि खुलेको ललितपुरस्थित सदचिडियाखानामा यतिबेला अवलोकन गर्न जाने मानिसको संख्यामा कमी आएको छ । कोरोना अगाडि सामान्य अवस्थामा दैनिक १८ सय भन्दा बढि मानिस जाने गरेको चिडियाखानामा अहिले फाट्टफुट्ट मात्रै मानिसहरु पुग्ने गरेका छन ।
कोरोना माहामारीको कारण सरकारले निषेधाज्ञा गरेपछि ललितपुरको जावलाखेलमा अवस्थित सदर चिडियाखानामा ठुलो संख्यामा आर्थिक भार समेत परेको छ । अवलोकन ।गर्न आउने मानिसले तिरेको पैसाबाट चिडियाखानामा अवस्थित हजारौ प्राणीको जिविका चलेको थियो । तर गत बर्षदेखिनै पटक पटक सरकारले लकडाउन गर्दे आएपछि चिडियाखाना भित्रका जीव बचाउन समेत कठिन भएको छ ।
निषेधाज्ञको अवधिमा सदर चिडियाखानाले १४ करोड घाटा बेहोरेको छ । जनावर हेर्न आउने मानिसको संख्या यसरी नै घट्दै जाने हो भने जनावरहरुको हेरचाह र कर्मचारीलाई तलव ख्वाउन समेत समस्या पर्ने अवस्था छ । मानिसहरु नआउदा आर्थिक हानी त छदैछ । जनावर समेत मानिस देख्न नपाउदा दुःखी भएको चिडियाखाना व्यवस्थापनको भनाइ छ ।
अहिले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तोके अनुसारको स्वस्थ्य मापदण्ड अपनाएर चिडियाखाना सञ्चालनमा ल्याइएको छ । चिडियाखाना घुम्न जाने थोरै संख्याबाट उठेको रकमले जनावरलाई खाना खुवाउन नपुग्ने भएकाले सरकार लगायत अन्य संघसंस्थासंग सदर चिडियाखानाले सहयोगको समेत माग गरेको छ । गत बर्ष चैत्रमा लकडाउन भएपछि बन्द चिडियाखाना नौ महिनापछि मंसिरमा खुलेको थियो । दोस्रो लहरसँग बन्द चिडियाखाना पछिल्लो पटक साउन एकगतेवाट खुलेको हो ।
News Desk 0 response शनिबार, भदौ ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





