• गोरखाको उत्तरी क्षेत्रमा भिरबाट लडेर गम्भीर घाइते भएका १ जना युवकको आज हेली मार्फत उद्धार गरिएको छ । धार्चे गाउँपालिका ३ उहियाका धनबहादुर गुरुङलाई शनिबार हेलिकप्टरमार्फत उद्धार गरि उपचारका लागि राजधानी स्थित एक अस्पतालमा लगिएको हो ।

    भिरबाट लडेर गंभिर घाईते भएका गुरुङलाई उपचारकोलागी सदरमुकाम ल्याउन नसके पछि आज राजधानी लगिएको छ । ३ दिन अगाडी भिरबाट लडेका उनी घरमा नै सामान्य औषधोपचार गरी बसी रहेका थिए ।

    उत्तरी गोरखामा बाढी र पहिरोले सडक तथा पैदल मार्ग सबै बिग्रीएका कारण हेली मार्फत उपचारकोलागी राजधानी लान जनता समाजबादी पार्टी गोरखाले सहयोग उपलब्ध गराएको समाजबादी पार्टी गोरखाका अध्यक्ष नारायण खत्रीले बताए ।

    खत्रीका अनुसार गण्डकी परदेश उर्जा सिन्चाइ तथा खानेपानी मन्त्री समेत रहनुभएका जसपा केन्दिय सदस्य हरिशरण आचार्यको पहलमा हेलिकप्टरबाट उपचार गर्न काठमाण्डौ पठाइएको हो ।

4565