• प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शनिबार ललितपुरमा ज्यापु समाजद्वारा निर्मित ज्येष्ठ नागरिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको कला सस्कृति मुलुकको पहिचान भएको भन्दै यसको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले हस्तकला, मुर्तिकला, चित्रकला आदीको माध्यमबाट नेपालको कला सस्कृति बिश्वभर चिनाउन ज्यापु समाज ललितपुरले भूमिका खेलेको भन्दै प्रसंसा समेत गरे ।

    कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल भारत सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको भन्दै नेपालसँग भारतले सधै सहकार्य गर्ने बताए ।

    कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, बागमति प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, माओवादी नेतृ पम्फा भूषाल लगाएतले नेपालको संस्कृति जगेर्नामा ज्यापु समाजले खेलेको भूमिकाको चर्चा गरेका थिए । ज्यापु समाजले ललितपुरको बागडोलमा १ सय १३ रोपनी जग्गामा ११० शैय्याको सुविधायुक्त ज्येष्ठ नागरिक आनन्द निकेदन भवन निर्माण गरेको हो । भवन निर्माणका लागि भारतीय दुतावास, ललितपुर महानगर, बागमती प्रदेश लगायतले सहयोग गरेका थिए ।।

4565