-
कालीकोटमा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको शुक्रबार हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि सुर्खेत लगिएको छ । तिलागुफा नगरपालिका–९ की २१ वर्षीया मैनकला शाहीलाई सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।
शाहीको पहिलो गर्भ रहेको र उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको स्थानीयवासी कमलबहादुर शाहीले बताए। “स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेत लगिएको हो”, उनले भने “सुत्केरी व्यथा लागेको दुई दिनसम्म पनि सुत्केरी हुन नसकेका कारणले सुर्खेत रिफर गरिएको हो ।”
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधि’ अनुसार हवाई उद्धार भइरहेको छ ।
कार्यविधिमा धेरै दिन प्रसव व्यथा लागेको, बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मुत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको, रक्तअल्पता भएको, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीलाई हवाई उद्धार गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।रासस
News Desk 0 response शुक्रबार, भदौ ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३