• बर्दिया प्रहरीले बहुमूल्य धातुको बुद्धको मूर्तिसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले गुलरिया नगरपालिका–७ स्थित एक होटलबाट मूर्ति किनबेच गरिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका १ बस्ने ३४ वर्षीय उज्ज्वल रोकाय, ९ का ३४ वर्षीय अमृत राई, गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी ४० वर्षीय निराजन उप्रेती, ठाकुरबाबा नगरपालिका ९ निवासी ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोटको वारेकोट गाउँपालिका २ वस्ने २९ वर्षीय मगबहादुर नेपाली रहेका छन् । बरामद गरिएको मूर्तिको तौल ७ किलो ७०२ ग्राम र उचाइ ९ दशमलव ५ इन्च छ । मूर्ति कहाँबाट ल्याइएको हो भन्ने बारे खुलिनसकेको प्रहरीले जनाएको छ ।।

4565