• नेपालमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९ सय ४६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय २१ र ४ हजार ४ सय ९२ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख २० हजार ६ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा १० हजार ४ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २६ जना कोरोनामुक्त भएका छन् ।

    योसँगै नेपालमा कूल संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४० हजार ५ सय सक्रिय संक्रमित आइशोलेशन र ३८५ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३८ लाख ३ लाख १५ वटा नमुना पिसिआर र ४ लाख १६ लाख ९ सय ८६ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

4565