• नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही नेताहरू पार्टीबाट अलग भएपनि आफ्नो पार्टी अझै पनि संसदमा सबैभन्दा ठूलो दल रहेको बताएका छन् । भक्तपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले कमजोर पार्न सरकारले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश ल्याउँदा पनि माधव नेपालले त्यति संख्या पु¥याउन नसकेको बताए । उनले आफुले अलिकति मेहनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झारेर पार्टी दर्ता हुन नदिने दाबि गरे ।

    ओलीले आगामी निर्वाचनमा एमालेले एकलौटी रुपमा जित हात पार्ने दाबीसमेत गरे । उनले अबको चुनावको नतिजा नेकपा एमालेको पक्षमा हुने भन्दै बाँकी सवैले छेउमा बसेर हेनुपर्ने अवस्था आउने बताए ।

    अध्यक्ष ओलीले अध्यादेश फिर्ता लिई तत्काल प्रतिनिधि सभा बैठक बोलाउन माग पनि गरे । उनले एमाले कानुनसम्मत रुपमा चल्ने पार्टी भएको बताउँदै कानुनी रुपमा एमाले हरेक कुराको मुकाविला गर्न तयार रहेको बताए ।

    अध्यक्ष ओलीले अहिलेको सरकार मुलुक बनाउन भन्दा पनि आफ्नो सरकारले गरेको विकासको काम भत्काउन आएको दावी गरे । उनले आफुले सरकारको नेतृत्व गर्दा पार्टीभित्र नै बिरोधी खडा भएको भन्दै आफुले देश र जनताका लागि अभूतपूर्व विकासका काम गरेको दावी पनि गरे ।

4565