• नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् । उनले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै अहिले नयाँ दल दर्ता गरे पनि तत्कालै अरु पार्टीसँग एकीकरण नगर्ने बताए । नेपालले ओली सुध्रिए भने एकता हुन सक्ने र चुनावमा सिट बाँडेर लड्न सकिने स्पष्ट पारे ।

    नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए । उनले उत्साहका साथ मैदानमा खटिन कार्यकर्तालाई आग्रह गरे । नेकपा एमाले विभाजनको मोडमा उभिएको भन्दै नेता नेपालले ओली विदेशी सामु लम्पसार परेको र नेपाली स्वाभिमानले शीर निहु¥याउने अवस्थामा पु¥याएको बताए । ओली पार्टीको नेता नभई गुटको नेता भएको बताए । नेता नेपालले ओलीकै कारण गणतन्त्र धरापमा परेको बताए ।

4565