• नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । उनीहरुलाई पदमुक्त गर्नका लागि संसद सचिवालयमा पत्र दर्ता गरिएको छ । संसद सचिवालयमा दर्ता गरेको पत्रको बोधार्थ निर्वाचन आयोगमा समेत पठाइएको छ ।

    संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीले संसद सचिवालयमा पुगेर कारबाहीको पत्र दर्ता गराएका थिए । कारबाहीमा परेका नेताहरुमा वरिष्ठ नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।

4565