• नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने बताएका छन् । मंगलबार संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने बताएका हुन् । ओलीले अहिलेको गठबन्धन नामक सरकार असंवैधानिक, गैरकानूनी, जनादेश बिपरित र अपराधीक उद्देश्यका साथ बनेको आरोप लगाए ।

    अध्यक्ष ओलीले एमाले विभाजनका लागि सरकारले ल्याएको अध्यादेश खारेज नभए वा एमाले फुटे सवैलाई महङ्गो पर्ने चेतावनी समेत दिए । पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाए पनि अर्को पक्षले एकपछि अर्को अडान लिएका कारण समस्या भएको उनको भनाइ छ ।

    एमाले संसदीय दलको बैठकले तीन दिन भित्र संसद बैठक बोलाउनसमेत माग गरेको छ । त्यस्तै ओलीले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै भूतपूर्व गौर्खा सैनिकको समस्या समाधान गर्न कुटनीटिक पहल गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको एमाले अध्यक्ष ओलीले बताए ।

4565