-
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ । सरकारले ल्याएको अध्यादेशले एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी खोल्न बाटो खुलेको छ ।
दल विभाजनसम्बन्धी केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई सच्याउँदै यसअघि केपी ओलीको सरकारले अध्यादेश तयार पारेको थियो । तर, चर्को दबाबका अध्यादेश फिर्ता गर्न ओली सरकार बाध्य बनेको थियो । अहिले पूर्ववर्ती ओली सरकारले तयार पारेको त्यही विवादास्पद अध्यादेशलाई नै देउवा सरकारले अघि बढाएको छ । संसद अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशको बाटो रोजेको हो ।
News Desk 0 response मङ्लबार, भदौ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३