• नेपाल प्रहरीको इन्टरपोल शाखाले पोर्चुगल पुगेर काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय केदार ढुंगानालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार अभियुक्तलाई पक्राउ गरेर काठमाडौंमा ल्याएको हो । ढुङ्गानालाई देवः विकास बैंकबाट २ करोड र सर्बसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    ढुंगाना सहित १२ जना बिरुद्ध काठमाडौं, ललितपुर र उच्च अदालत पाटनमा मुद्दा छ । अनुसन्धानका क्रममा ढुंगानाले सवारी साधन कर्जा लिने प्रयोजनका लागि बैंकमा पेश गरेको प्रमाण पत्र र कागजातहरु कीर्ते बनाएको खुलेको थियो । फरार रहेका उनी युरोपमा व्यापार गरेर बसेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिएको हो ।

4565