• नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । शनिबार नेकपा एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटीको प्रशिक्षण कार्यक्रममा नेता नेपालले अपमान सहेर एकता नहुने र त्यस्तो अवस्थामा असहज बाटो लिनु बाध्यता हुने स्पष्ट पारेका हुन् । नेता नेपालले गलत र अहंकारी प्रवृतिले एमालेले जनविश्वास गुमाएको भन्दै आफ्ना लागि मैदान खाली रहेको बताए ।

    नेता नेपालले प्रदेशदेखि तल्लो तहसम्म समानान्तर कमिटी बनाउने कामलाई तीव्र गतिमा अघि बढाइने बताए ।पार्टीभित्र ओलीले एकतर्फी रुपमा आफ्नो गतिविधि अगाडी बढाउदै लगेको र एकताका लागि गम्भीर बन्न नसकेको आरोप पनि नेता नेपालले लगाए । कार्यक्रममा नेता नेपालले एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटीका सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

4565