• नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् ।

    भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव दाहालले गरेका हुन् । यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने दाहालको प्रस्तावमा उल्लेख छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले विधान संशोधनको प्रस्ताव पनि पेश गरेका छन् ।

    अध्यक्ष दाहालका दुबै प्रस्तावमाथि छलफल गर्न केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा भोलि विहानसम्म छलफल हुने र निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रस्तावमा असोज मसान्तसम्म जातीय÷क्षेत्रीय संगठनका सम्मेलन, भेला र बैठकहरु सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ । सो अवधिसम्म बाँकी रहन गएका सम्मेलन र भेलाहरु पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने दाहालको प्रस्तावमा उल्लेख छ ।

4565