• नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ । यसअघि तोकिएको कार्यतालिका अनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो । सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले नयाँ कार्यतालिका पास गरेको छ । नयाँ कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म गर्ने निर्णय भएको छ ।

    यस्तै क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ । त्यस्तै निर्वाचन निर्देशिका भदौ २ गते नै बुझाउनुपर्ने छ । त्यस्तै वडा तहको अधिवेशन भदौ १८ गतेका लागि तोकिएको छ । स्थानीय तहका अधिवेशन भदौ २७ गते गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् ।

4565