• सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएको हो ।

    अस्पतालहरुको सूची स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । सूचीकृत अस्पतालहरुमा संक्रमितहरुको तथ्यांक र विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएका छन ।

4565