• पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको श्वेतपत्र अघिल्लो सरकारको तथ्यहीन आलोचना र पूर्वाग्रहमा केन्द्रीत रहेको आरोप लगाएका छन । बिहीबार बसेको प्रतिनिधिसभाको बिषेश समयमा बोल्दै पौडेलले राजनीतिक दलहरूबिच नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर मुलुकको आर्थिक अवस्था भने तथ्यगत हुनु पर्ने बताए । तथ्यको तोडमोड गरेर अर्थमन्त्री जनार्दन शर्माले स्वेतपत्र जारी गरेको उनका आरोप छ ।

    बैठकमा माओवादी केन्द्रका सांसद मातृका यादवले केपी ओली जस्तो अस्वस्थ व्यक्तिलाई मुलुकको जिम्मा लगाउँदा दुर्घटना भएको आरोप पलगाए ।नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले पुर्व प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यका बारेमा नकारात्मक अभिब्यक्ति दिएको भन्दै नियमापत्ति गरे ।

    नेपाली कांग्रेसका सांसद गगन थापाले मन्त्रिपरिषद विस्तार हुन नसक्नुको कारण माग गरे । उनले सरकारले सबैको कुरा सुनेर अगाडि बढ्नुपर्ने बताए ।प्रतिनिधिसभाको अर्को बैठक सुक्रबार बस्ने छ ।

4565