-
अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा बोक्ने खेलाडी यति वेला खेलकुदका प्रतियोगिता आयोजना हुन सक्दा फुर्सदिला छन् । तिनै खेलाडीले घरेलु अभ्यासबाट आफूलाई फिट राख्न प्रयास गरिरहेका छन् । केही खेलाडीले आफ्नै पहलमा कोरोनाविरुद्धको खोप लगाइसकेका छन् भने केही खोप पाउने आशामा रहेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समन्वय गरेर अहिले सम्म अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाएको राखेपले बताएको छ ।
राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ । पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले लगाइसकेका छन् । जसमा राखेपका कर्मचारी, खेल पत्रकार र संघका पदाधिकारी पनि अटाएका थिए । अब छिटफुटहरुको लागि राखेपले नै सम्बन्धित संघको सिफारिसमा आएकालाई टेकु अस्पतालसँग समन्वय गरेर खोप उपलब्ध गराउने विभागीय प्रमुख कुल बहादुर थापाले जानकारी दिए ।
News Desk 0 response मङ्लबार, साउन २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





