• दुबइ उड्न ठिक्क परेका यात्रुलाई कोरोना परीक्षण रिपोर्ट नभएको भन्दै राकेपछि त्रिभुवन विमानस्थल परिसरमै प्रदर्शन गरेका छन् । यात्रुहरूको प्रदर्शनका कारण विमानस्थलको बाह्य टर्मिनल क्षेत्र तनावग्रस्त छ । दुबईले केही दिनअघिमात्र नेपाली कामदारलाई आफ्नो देश आउन अनुमति दिएको थियो । दुवई जानका लागि करिब २ सय कामदार टिकट लिएर विमानस्थल पुगेका थिए । २ सयभन्दा बढी यात्रुको कोरोनाको आरडीटी परीक्षण नभएको भन्दै फर्काइपछि उनीहरू अलपत्र परेका हुन् ।

    दुबईले केही दिनअघि दिएको अनुमतिमा एयरपोर्टभित्र रहेको आरडीटी मेसिनबाट ४ घण्टा अघिमात्र चेक गरेका कामदारलाई दुबई प्रवेशको अनुमति दिएको थियो । धेरै संख्यामा आरडीटी जाँच गर्न सीमित मेसिनले अपुग भएकोले समस्या देखिएको विमानस्थल प्रशासनले जनाएको छ । आज साँझ ७ बजेको फ्लाइटका लागि यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए ।

4565