• जापान सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप काठमाडौं आइपुगेको छ । जापानले अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एस्ट्राजेनेकाको १६ लाख खोप मध्ये ५ लाख १३ हजार मात्रा नेपाल आएको हो ।

    कतार एयरवेजवाट आएको खोप त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि जापानी राजदूत युताका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । पहिलो चरणमा उपलब्ध गराउने भनिएको ८ लाख खोप मध्य बाँकी खोप आइतबार काठमाडौं आउने छ । बाँकी ८ लाख खोप सम्बद्ध संस्थासँगको सहकार्यमा नेपाललाई छिट्टै उपलब्ध गराइने जापानी राजदूतावासले जनाएको छ ।

    खोप आइतबारदेखि काठमाडौं उपत्यका र बागमती प्रदेशका जिल्लाहरुमा वितरण गर्ने तयारी छ । जापानले उपलब्ध गराउन लागेको खोप भारतमा उत्पादित कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सरकारले यसअघि नै घोषणा गरेको छ । पहिलो मात्रा कोभिशील्ड लगाएर दोस्रो मात्राको प्रतीक्षा गरिरहेकाको संख्या पौने १४ लाख रहेको छ । शुक्रबारसम्म ४४ लाख तीन हजारले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन । दुबै मात्रा खोप लगाउनेको संख्या २२ लाख आठ हजार रहेको छ ।

4565