-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको छ । यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने मन्त्रालयको प्रक्षेपण छ । मन्त्रालयलयले साउनको अन्त्यपछि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउन देखि मंसिरसम्ममा महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण मन्त्राललय गरेको बताए । साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोज महिनामा ३८ हजार ५ सय ९७ र कार्तिक महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १ सय ८३ पुग्ने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण रहेको छ । पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने मन्त्रालयको प्रक्षेपण छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार साउन २० गतेसम्म होम आइसोलेसनमा ३० हजार २ सय ७० जना, संस्थागत आइसोलेसनमा ३ हजार १ सय ९४ जना, आइसियूमा ७ सय १४ जना र भेन्टिलेटरमा १ सय ५६ जना उपचाररत छन् । यस्तै पहिलो मात्रा खोप प्राप्त गर्नेहरुको संख्या ४२ लाख ९७ हजार ६ सय १२ र पूर्ण खोप प्राप्त गर्नेहरुको संख्या २० लाख ७४ हजार छ ।
News Desk 0 response बिहिबार, साउन २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





